१२ श्रावण २०८१, शनिबार

मंगलवार तीन प्रदेशमा वर्षा हुन सक्ने

प्रकाशित मिति :  14 May, 2024 6:17 am


एआइले बनाएकाे समाचार प्रतिनिधि तस्बिर ।

काठमाडौँ। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । मंगलवार बिहानीपख
देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेश र बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमानको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !