१२ श्रावण २०८१, शनिबार

राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षणः नेपालमा ३६ प्रतिशत जनसंख्यामा जलवायु परिवर्तनको ज्ञान

प्रकाशित मिति :  14 May, 2024 7:02 am


काठमाडौँ। नेपालमा ३६ प्रतिशतलाई जलवायु परिवर्तनको सम्बन्धमा ज्ञान भएको देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार सार्वजनिक गरेको राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण २०२२ को प्रतिवेदन अनुसार नेपालमा ३६ प्रतिशत जनसंख्यालाई जलवायु परिवर्तन सम्बन्धी ज्ञान भएको देखिएको हो ।

प्रतिवेदन अनुसार २६ प्रतिशत महिलामा र ३९ प्रतिशत पुरुषमा जलवायु परिवर्तन सम्बन्धी ज्ञान भएको देखिएको छ । प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक प्रमोदराज रेग्मीले उनीहरुले रेडियो र टेलिभिजनमार्फत ज्ञान प्राप्त गरेको देखिएको बताए।

तथ्यांक कार्यालयले २९ वटा जिल्लाका ६ हजार ५२० घरपरिवारमा सर्वेक्षण गरेको हो । सर्वेक्षणका क्रममा अधिकांशले व्यक्तिगत रुपमा जलवायु परिवर्तनको अनुभुति गरेको कुरा बताएका जानकारी गराए।

सबैभन्दा बढी २५.२ प्रतिशतले जलवायु परिवर्तनको मुख्य कारण वन विनाश भएको जवाफ दिएका छन् भने जलवायु परिवर्तनको कारणहरुमा औद्योगिकीकरण, शहरीकरण र अन्य मानवीय कारणहरु पनि रहेको जवाफ दिइएको छ।

सर्वेक्षणका क्रममा १३ प्रतिशतले प्राकृतिक प्रकोपको सम्बन्धमा रेडियोमार्फत पूर्वसूचना लिने गरेको पनि देखिएको छ । सर्वेक्षणको क्रममा करिव ९० प्रतिशतले तापक्रम परिवर्तनको प्रत्यक्ष अनुभव गरेको बताएका तथ्यांक कार्यालयका निर्देशक रेग्मीले बताए।

अधिकांशले पानी पर्ने ढाँचामा पनि परिवर्तन आएको महशुस गरेको बताएका थिए । जलवायु परिवर्तनको कारण असर परेको पनि उनीहरुको भनाइ रहेको निर्देशक रेग्मीले दिए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !