१२ श्रावण २०८१, शनिबार

कांग्रेस संसदीय दलको बैठक सुरु

प्रकाशित मिति :  14 May, 2024 10:08 am


काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले आज सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र संसद् बैठकबारे रणनीति तय गर्ने भएको छ ।

सोमबार दिउँसोका लागि तय भएको बैठक स्थगित भएको थियो । सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका निम्ति संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने अडानमा रहेको छ ।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेससँग राष्ट्रपति रामचन्द्र पौडेलले प्रशतुत गर्नुहुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बिरोध नगर्न र सहकारीको समस्या समाधानका लागि सकारात्मक रुपमा आफू लागिपरेको जानकारी दिएका थिए ।

प्रधानमन्त्री दाहालले छलफलका लागि बोलाएपछि काँग्रेसबाट महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक लेखक बालुवाटार पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस !