१२ श्रावण २०८१, शनिबार

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

प्रकाशित मिति :  14 May, 2024 10:52 am


काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्न दिने भएको छ ।

मंगलबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले राष्ट्रपतिलाई सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको एक नेताले जानकारि दिए ।

आज दिउँसो तीन बजे संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

काँग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने चेतावनी दिएको थियो ।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेससँग राष्ट्रपति रामचन्द्र पौडेलले प्रशतुत गर्नुहुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बिरोध नगर्न र सहकारीको समस्या समाधानका लागि सकारात्मक रुपमा आफू लागिपरेको जानकारी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !