१२ श्रावण २०८१, शनिबार

मन्त्रिपरिषदले पारित गर्‍यो नीति तथा कार्यक्रम

प्रकाशित मिति :  14 May, 2024 11:28 am


काठमाडौँ । मन्त्रिपरिषदको बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको बैठकले संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम पारित गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

‘नीति तथा कार्यक्रमबारे मन्त्रिपरिषद बैठकमा छलफल भयो, बैठकबाट नीति तथा कार्यक्रम पारित भएको छ,’ उनले भनिन्। शर्मााका अनुसार १६ औं पञ्चवर्षीय योजना पनि मन्त्रिपरिषदबाट पारित भएको छ।

मंगलबार अपराह्न ३ बजे संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।



प्रतिक्रिया दिनुहोस !