१२ श्रावण २०८१, शनिबार

तोलामा ७०० रुपैयाँ घट्यो सुन

प्रकाशित मिति :  14 May, 2024 12:59 pm


काठमाडौँ । आज मंगलबार सुनचाँदी बजारमा छापावाला सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको छ । सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरणा अनुसार छापावाला सुनको मूल्य तोलाको ७०० रुपैयाँ घटेर तोलाको एक लाख ३७ हजार ४०० रुपैयाँ कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार सोमबार तोलाको १७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार ताृेलामा २५ रुपैयाँ बढेर तोलाको १७४० रुपैयाँ तोकिएको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !