१२ श्रावण २०८१, शनिबार

कोशीमा सांसद निर्मला लिम्बुले रोजिन् अशोक राई नेतृत्वको जसपा

प्रकाशित मिति :  14 May, 2024 2:39 pm


काठमाडौं । कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सांसद निर्मला लिम्बुले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छन् । प्रदेश निर्वाचन कार्यालय पुगेर आज लिम्बुले नयाँ पार्टी जसपाको पक्षमा सनाखत गरेकी छन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको थियो ।

निर्मला समानुपातिक सांसद हुन् ।



प्रतिक्रिया दिनुहोस !