१२ श्रावण २०८१, शनिबार

सर्वोच्च अदालतमा पहिलो पटक अनलाइन मुद्दा दर्ता प्रणालीको सुरुवात

प्रकाशित मिति :  14 May, 2024 2:53 pm


काठमाडौं । सर्वोच्च अदालतमा पहिलो पटक अनलाइन मुद्दा दर्ता प्रणाली र पेसीको सूचना स्वचालित रुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ ।

मंगलवार सर्वोच्च अदालतमा एक कार्यक्रमबीच प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अनलाइन रिट निवेदन दर्ता गर्ने प्रणालीको शुभारम्भ गरेका हुन् ।

शुभारम्भ कार्यक्रममा बोल्दै उनले नेपालमा पहिलो पटक अनलाइन रिट निवेदन दर्ता गर्ने प्रणाली सुरुवात भएको बताए।

उनले न्यायालय, मुद्दाका पक्ष, कानून व्यवसायी लगायत सबैका लागि सहज हुने विश्वास व्यक्त गर्दै छिटो छरितो न्याय सम्पादन हुने, अदालत आइरहनु नपर्ने र नेपालका जुनसुकै ठाउँबाट पनि दर्ता गर्नसक्ने कुरामा यसले सहज बनाउने दावी गरे ।

‘आजबाटै पेशी तारिकको जानकारी दिने प्रणाली पनि शुभारम्भ भएको छ’ श्रेष्ठले भने , ‘यसले पेशी सूचि जानकारी पाउने र तुरुन्तै हुने कुराको सुनिश्चित हुन्छ । अदालतको काम कारबाहीमा कागजी कुराहरु भन्दा प्रविधिमैत्री बनाएर लैजाने कुरामा हामी उन्मुख भएका छाँै ।’

प्रधानन्यायाधीश श्रेष्ठले प्रविधिसँग जोडिन सबै कानूनकर्मीहरुसँग आग्रह गर्दै पेशी ताकिर दिने अनलाइन पद्धति सबै जिल्ला अदालतमा हुनुपर्ने बताए। श्रेष्ठले तारिक प्रणाली पनि अटोमेसम दिनेकुरामा पनि जोड दिन आवश्यक रहेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !