१२ श्रावण २०८१, शनिबार

वित्त तथा मौद्रिक नीतिको समाञ्जस्य कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार हुँदैछः राष्ट्रपति

प्रकाशित मिति :  14 May, 2024 3:24 pm


काठमाडौँ । सरकारले वित्त तथा मौद्रिक नीतिको समान्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमश सुधार आएको बताएको छ ।

मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै यस्तो बताएका हुन । उनले सरकारले वित्त र मौद्रिक नीति कार्यान्वयनमा समानजशयताले अर्थतन्त्रमा सुधार भएको बताए ।

उनले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको बताए । उनले मूल्यवृद्धिदर पनि घटेको बताए। उनले कानूनहरुमा सुधारगरी लगानीको वातावरणमा सुधार गरिएको बताए।

उनले भने ,‘वित्त तथा मौद्रिक नीतिको समान्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको छ । मूल्यवृद्धिदर घटेको छ । कानूनहरुमा सुधार गरी लगानीको वातावरणमा सुधार गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम उच्च रहेको छ ।’

उनले बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम उच्च रहेकाले अर्थतन्त्रमा सुधार हुँदै सकारात्मक दिशामा आएको बताए । उनले शोधनान्तर र चालु खाता वचतमा रहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !