१२ श्रावण २०८१, शनिबार

सरकारले गरिब घर पहिचान गर्ने, विद्युतीय चुलो, बीमा र ट्यूबेल निःशुल्क दिइने

प्रकाशित मिति :  14 May, 2024 3:53 pm


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा गरिब घर पहिचान गरी गरिबलाई स्थानीय तहमार्फत निस्शुल्क बीमा, विद्युतीय चूलो र ट्यूबल लगायतका सामाग्री उपलब्ध गराउने भएको छ ।

आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले गरिब लक्षित कार्यक्रमलाई एकीकृतरुपमा सञ्चालन गर्ने लक्ष्यसहित घर पहिचान गर्ने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले २०८१र८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नेक्रममा गरिबहरूलाई सञ्चालन गर्ने कार्यक्रम एकीकृतरुपमा गर्ने लक्ष्यसहित यस्तो गर्न लागेको बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस !