१२ श्रावण २०८१, शनिबार

कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतिकरण गरिने

प्रकाशित मिति :  14 May, 2024 4:26 pm


काठमाडाैँ । आगामी आर्थिक वर्षभित्र कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी रहेका क्षेत्रमा विद्युतिकरण गरिने बताइएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतिकरण गरिने जानकारी गराएका हुन् ।

उनले राष्ट्रिय विद्युत प्रणालीमा नजोडिएका र विद्युत पहुँच नपुगेका क्षेत्रमा लघु तथा साना जलविद्युत सौर्य एवं वायु ऊर्जा प्रविधिमार्फत विद्युतिकरण गरिने बताए ।

विद्युत वितरण सबस्टेशनहरूलाई स्वचालित बनाइने र स्थानीय तह समेतको समन्वयमा स्मार्ट मिटर वितरण गरिने पनि सरकारको नीति तथा कार्यक्रम रहेको उनले उल्लेख गरे ।

बुढीगण्डकी जलविद्युत आयोजना र नलसिङगाड जलाशययुक्त आयोजनाको निर्माण कार्य अगाडी बढाइने पनि भनिएको छ । त्यस्तै, दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माणपूर्वका कार्य सम्पन्न गरिने पनि उल्लेख गरिएको छ । 

हेटौँडा, ढल्केबर, इनरुवा प्रशारण लाइनको निर्माण सम्पन्न गरिने पनि जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !