१२ श्रावण २०८१, शनिबार

प्रहरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने

प्रकाशित मिति :  14 May, 2024 5:06 pm


काठमाडाैँ । सरकारले प्रहरी कर्मचारीको सेवा निवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाउने भएको छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै तहका प्रहरी कर्मचारीको सेवा निवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने बताएका हुन् ।

उनले सुरक्षा निकायलाई भौतिक पूर्वाधार, उपकरण, बन्दोबस्ती, प्रविधिजस्ता क्षेत्रमा स्रोत, साधन सम्पन्न तुल्याइ आन्तरिक सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय बनाइने पनि बताए ।

त्यस्तै कमजोर अवस्थाका र राज्यले सुरक्षा गर्नुपर्ने वर्गलाई सुरक्षा अनुभुति दिलाउने प्रवन्ध गरिने पनि उनले बताए । त्यसैगरी अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सुदृढ बनाइ सीमापार अपराध र राजश्व चुहावट नियन्त्रण गरिने सरकारको नीति कार्यक्रममा उल्लेख गरिएको छ । 

अध्यागम सेवालाई थप सुदृढ र व्यवस्थित बनाइने जनाइएको छ । त्यसैगरी कारागारको भौतिक सुधार, पूर्वाधारलाई निरन्तरता दिइने सरकारको नीति तथा कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस !