१२ श्रावण २०८१, शनिबार

काँग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध

प्रकाशित मिति :  14 May, 2024 5:48 pm


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ ।

मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलवारको संयुक्त सदनमा प्रस्तुत गरेकाे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धन्यवाद ज्ञापन गर्ने कार्यसूचि रहेपनि काँग्रेसले संसद अवरुद्ध पारेको हो ।

काँग्रेसले सहकारी रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको माग राखेर संसद अवरुद्ध पार्दै आएको छ ।

आजको बैठकमा पनि काँग्रेसले सोही विषयमा संसदीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध पारेको हो । राष्ट्रिय सभाको अर्को बैठक जेठ ३ गते बिहीवार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस !