१२ श्रावण २०८१, शनिबार

काँग्रेसद्वारा प्रतिनिधि सभाको बैठक अवरुद्ध, अर्को बैठक जेठ ३ गते

प्रकाशित मिति :  14 May, 2024 6:30 pm


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरुद्ध पारेपछि प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रश्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने र राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन गर्ने कार्यसूचि रहेको थियो । तर विषयमा प्रवेश गर्न नपाउँदै नेपाली काँग्रेसले नाराबाजी गरी अवरुद्ध गरेसँगै बैठक आजका लागि स्थगित गरिएको हो ।

काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा सरकारले संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ । अर्को बैठक जेठ ३ गते बिहीवार ११ बजे बस्नेगरी बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !