१२ श्रावण २०८१, शनिबार

बुधवार पहाडी भेगमा हल्का वर्षा हुने

प्रकाशित मिति :  15 May, 2024 6:33 am


काठमाडौँ। हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बुधवार बिहानीपख कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनकाे माैसम पूर्वानुमानकाे विवरण यस्ताे छः



प्रतिक्रिया दिनुहोस !