१२ श्रावण २०८१, शनिबार

बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयन गर्नेगरी क्रमिक सुधार गर्ने कार्यक्रम आयोः डा.वाग्ले

प्रकाशित मिति :  15 May, 2024 7:42 am


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा।स्वर्णिम वाग्लले नीति तथा कार्यक्रमले बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयनमा जाने गरी क्रमिक सुधारहरुका बीउहरु रोपेको बताएका छन्।

मंगलवार सरकारको नीति तथा कार्यक्रम प्रश्तुतपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वाग्लेले विगतमा कार्यक्रममा ठूला कुरा गर्ने बजेटमा तादात्मयता नहुने र कार्यान्वयनमा जाँदै नजाने कर्मकाण्डमा सिमित हुने कुरालाई ब्रेक गरेको तर्क गरे।

उनले कार्यक्रमले ठूला कुरा नगरौं र क्रमिक सुधारहरु (इङक्रिमेन्टल रिर्फम) हरु हरेक मन्त्रालयमा गरेर हेरौं भन्ने बीउ सबै मन्त्रालयमा राखेको बताए।

वाग्लेले नीति तथा कार्यक्रम बजेटमा सम्बोधन हुने देखिएकाले कार्यान्वयनमा जाने सम्भावना रहेको विश्वास व्यक्त गर्दै विगत ३२ वर्षमा सबैभन्दा बढी शासन गरेको पार्टीले नीति तथा कार्यक्रम पुरानै शैली भन्नु भनेको आफ्नो कमजोरीको स्वीकारोक्ति रहेको तर्क गरे।

वाग्लेले भने, “सरकारले ल्याएको नीति तथा कार्यक्रम डिपार्चर प्रस्थान गर्ने खालको आएको छ । नीति तथा कार्यक्रमले अर्थतन्त्र सुधार गर्ने जग बसालेको छ । नीति तथा कार्यक्रममा टेकेर बजेट आउँदैछ ।”

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !