१२ श्रावण २०८१, शनिबार

नीति तथा कार्यक्रम पुरानै ढर्राको आयो,छलफल गर्नुपर्ने कुनै अर्थ छैनः पूर्वअर्थमन्त्री महत

प्रकाशित मिति :  15 May, 2024 7:12 am


काठमाडौँ। पूर्वअर्थमन्त्री पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानै ढर्राबाट आएको टिप्पणी गरेका छन्।

मंगलवार सरकारको नीति तथा कार्यक्रम प्रश्तुतपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रतिपक्षले लामो समयदेखि उठाएका माग र सर्वसाधरणको मागलाई सम्बोधन गर्नेगरी कार्यक्रम नआएको बताए।

विगतको जस्तै लामो कार्यक्रम आएको बताउनु प्रतिक्रिया दिँदै महतले कार्यक्रममा सरकारले भन्न केही पनि नछोडेका तर लागू हुने कार्यक्रम केही नभएको दाबी गरे।

पूर्वमन्त्री महतले नीति र कार्यक्रमलाई महत्व दिएर छलफल गर्नुको कुनै अर्थ नदेखिएको जनाए। कार्यक्रममा सुशासन र भ्रष्टाचार उन्मुक्तिका कुरा गरे पनि भनाई र गराई फरक रहेको आरोप लगाउँदै महतले नीति तथा कार्यक्रमले आगामी बजेट वितरण र कार्यकर्तामुखी बजेट आउने अभ्यास गरेको देखिएको बताए।

उनले भने, “सरकारको भनाई र गराईमा आकाश जमिनको फरक छ । यति लामो नीति तथा कार्यक्रमको पक्षमा छैन । यति लामो कार्यक्रम राख्न आवश्यक छैन । पुरानै र्डरामा आएको छ ।”

उहाँले सरकार आफैँले राज्य संरचनाको दुरुपयोग गर्दै सर्वसाधरण जनताको माग बेवास्था गरेको आरोप लगाए ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !