१२ श्रावण २०८१, शनिबार

बालुवाटारमा प्रधानमन्त्री र सभामुखबिच भेटवार्ता

प्रकाशित मिति :  15 May, 2024 9:45 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न सभामुख देवराज घिमिरे बालुवाटार पुगेका छन् ।

संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न सभामुख घिमिरे बालुवाटार पुगेका हुन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग संसदमा जारी गतिरोध र त्यसको निकासका बारेका छलफल गरेका छन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न बोलाइएको बैठक कांग्रेसले अवरोध गरेपछि स्थगित भएको थियो ।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दै कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !