सन्दिप लामिछानेको मुद्दामा अन्तिम सुनुवाई हुँदै, अदालत बाहिर समर्थकको भिड

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेको पुनरावेदन मुद्दामा आज फैसला हुने सम्भावना बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । लामिछानेको मुद्दामा अन्तिम सुनवाइ भइरहँदा सुरक्षा संवेदनशिलतालाई मध्यनजर राख्दै सुरक्षा व्यवस्था कडा पारिएको स्रोतले जनाएको छ ।
उक्त मुद्दामा मंगलबारदेखि उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ भइरहेको भने आज जवाफी बहस चलिरहेको छ ।
जवाफी बहस सकिएपछि आजै फैसला आउने स्रोतको भनाई छ । अदालतबाहिर सन्दीपका समर्थकको भीड लागेको छ।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँले ८ वर्षको जेल सजाय सुनाएपछि सन्दीप यसको बदर माग गर्दै उच्च अदालत गएका हुन्।
गौशला २६का वकिलहरु भने सन्दीपलाई दिइएको ८ वर्षको जेल सजाय कम भएको भन्दै बढाउनुपर्ने माग गर्दै अदालत गएका हुन् । उनिहरुले गौशाला २६ लाई अदालतले नाबालिग नै ठहर गर्नुपर्ने उनीहरूको भनाई छ ।