१२ श्रावण २०८१, शनिबार

प्रचण्ड र ओलीबिच सिंहदरबारमा छलफल

प्रकाशित मिति :  15 May, 2024 4:14 pm


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन्। एमाले संसदीय दल बैठक सकेर अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न सिंहदरबार पुगेका हुन्।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै कांग्रेसले संसद अवरूद्ध गर्दै आएको छ।

भोलिको संसद बैठकमा सत्तापक्ष कसरी प्रस्तुत हुने भन्नेबारेमा प्रधानमन्त्रीसँग छलफल गर्न ओली सिंहदरबार पुगेका हुन्।



प्रतिक्रिया दिनुहोस !