१२ श्रावण २०८१, शनिबार

काठमाडौंँ महानगरपालिकाद्वारा घरवहाल कर लगायतको बजार अनुगमन तिब्र

प्रकाशित मिति :  15 May, 2024 4:26 pm


काठमाडौँ । काठमाडौं महानगरपालिकाले घरवहाल कर लगायतको बजार अनुगमनलाई तिब्र पारेको छ ।

वैशाख २१ गतेबाट सुरू गरेको महानगरको घरवहाल कर लगायतको बजार अनुगमन आजसम्म पनि जारी छ ।

महानगरपालिकाको राजश्व विभागले ‘अनुगमन टोली परिचालन कार्यक्रम २०८०’ अभियानको रूपमा तीन प्रकारका राजश्व अनुगमन टोलीको व्यवस्था गरेर बजारमा परिचालन गरेको हो ।

महानगरले जनप्रतिनिधि, कर्मचारी, राजश्व विभाग कर्मचारी सहितको टोलीले पसल तथा कम्प्लेक्सहरूमा घरबहाल कर र महानगरलाई तिर्नुपर्ने कर तिरे\नतिरेकोबारे अनुमगन थालेका हुन् । महानगरले कर बुझाउने करदातालाई धन्यवाद दिने र कर नबुझाउने करदातालाई कर तिर्न आग्रह गर्ने अभियान चलाएको बताएको छ ।

महानगरको टोलीले न्युरोड क्षेत्रमा अनुगमन गरेको हो । अनुगमनको क्रममा व्यवसाय दर्ता भएपनि नविकरण नगरेको र घरबहाल करमा समस्या देखिएको काठमाडौँ महानगर राजश्व विभागका राजश्व अधिकृत रामजी श्रेष्ठले बताए ।

उनले नेपाल सरकार र महानगरलाई पनि घरबहाल कर तिर्नुपर्ने भएकाले समस्या देखिएको बताए । उनले घर भाडा तिरेको बहालकर तिर्ने रकम फरक पाइएकाले महानगरपालिकाले विचार गर्नुपर्ने देखिएको बताए । उनले वास्तविक भाडा अनुसार घरबहाल करको मापदण्ड बनाउन जरुरी रहेको बताए ।

महानगरपालिकाले बहाल करलाई व्यवस्थित गर्न तथा बहाल लिने र दिने बिचका शर्त व्यवस्थापन गर्न ‘बहाल व्यवस्था कार्यविधि’ समेत जारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !