१२ श्रावण २०८१, शनिबार

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

प्रकाशित मिति :  15 May, 2024 5:06 pm


काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।

गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।

लामिछाने त्यसविरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन् । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेकाे छ ।



प्रतिक्रिया दिनुहोस !