१२ श्रावण २०८१, शनिबार

एमाले संसदीय दल बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल

प्रकाशित मिति :  15 May, 2024 5:15 pm


काठमाडाैँ । नेकपा (एमाले) संसदीय दलको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।

बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा सरकारले मंगलवार प्रस्तुत गरेकाे आगामी आर्थिक वर्ष २०८१\०८२ को नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले नीति तथा कार्यक्रम उपर सांसदहरूले दिने सुझावको सम्बन्धमा छलफल भएको बताए । उनले नीति तथा कार्यक्रममा सुझावहरुलाई समेट्दा व्यवस्थित हुने भएकाले सोही विषयमा छलफल भएको बताए । उनले संसदीय दलले काँग्रेसले संसद अवरोधको श्रृङ्खलालाई अन्त्य गर्नुपर्नेमा जोड दिएको पनि जानकारी दिए ।

उनले भने, “काँग्रेसको कुण्ठा, द्वेषपूर्ण र असहिष्णु व्यवहारको बन्दकी कहिलेसम्म हुने ? अब हाम्रो तर्फबाट यसमा संसद खुलाउने कुरा, संसदमा सांसदले विषय राख्ने कुरा, देशभरका समस्याहरूको सिर्जनात्मक बहशको थलो संसद हो त्यो बन्ने कुराको सुनिश्चितता गर्न हाम्रो तर्फबाट अब हामीले भुमिका खेल्नुपर्छ भन्ने कुरामा जोड रह्यो ।”

बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको सम्बन्धमा बाेलाएकाे उनले जानकारी दिए । त्यसैगरी नीति तथा कार्यक्रमकै सन्दर्भमा पूर्वअर्थमन्त्री युवराज खतिवडाले पनि धारणा राख्नुभएको बताए ।



प्रतिक्रिया दिनुहोस !