१२ श्रावण २०८१, शनिबार

जेठ ४ देखि लाङटाङका पदमार्ग र आधार शिविरको सरसफाइ गरिँदै

प्रकाशित मिति :  15 May, 2024 6:47 pm


काठमाडौँ । नेपाल ट्रेकिङ-ट्राभल्स-र्‍याफ्टिङ-एयरलाइन्स श्रमिक युनियनले लाङटाङ हिमाल क्षेत्रका पदमार्ग र आधार शिविर क्षेत्रको सरसफाइ गर्ने भएको छ। बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै युनियनले यसबारे जानकारी गराएको हो।

यस वर्ष १७ जना पदमार्ग क्षेत्रमा कार्यरत श्रमिकहरुको प्रत्यक्ष सहभागितामा सरसफाइ कार्यक्रम आयोजना गर्न लागिएको नेपाल ट्रेकिङ-ट्राभल्स-र्‍याफ्टिङ-एयरलाइन्स श्रमिक युनियनका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए।

उनले २०५२ देखि निरन्तर हिमाल बचाऔँ, जलवायु परिवर्तनको असर कम गरौँ भन्ने अभियान गर्दै आइरहेको बताए। उनले पदमार्ग सरसफाइ कार्यक्रम जेठ ४ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने बताए।

उनले नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट० र नेपाल ट्रेकिङ-ट्राभल्स-र्‍याफ्टिङ-एयरलाइन्स श्रमिक युनियन (युनिट्राभ) तथा नेदरल्याण्डसको ट्रेड युनियन एफएनभी सँगको सहकार्यमा लाङटाङ हिमाल जाने पदमार्ग र हिमालको आधारशिविरसम्म सरसफाइ गर्ने बताए।

जलवायु परिवर्तनको असर कम गरौँ, हिमाललाई बचाइराखौँ, मानव जीवनलाई बचाइराखौँ भन्ने सन्देशसहित सरसफाइ कार्यक्रम गर्न लागिएको बताए।

उनले श्रमिकहरू सामाजिक उत्तरदायित्व र पर्यावरणको संरक्षणमा पनि उत्तिकै जिम्मेवार रहेको सन्देश दिएको बताए। उनले हिमाल, पदमार्ग र पर्यावरण जोगाउन सबै सँगै एकजुट भएर लाग्न आग्रह गरे।



प्रतिक्रिया दिनुहोस !