१२ श्रावण २०८१, शनिबार

प्रतिनिधि सभाको बैठक अपरान्ह चार बजे बस्ने

प्रकाशित मिति :  16 May, 2024 2:18 pm


काठमाडौं । प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको छ । आजको बैठक बिहान ११ बजे बस्ने भनिएपनि नेपाली कांग्रेसँग सहमति जुटाउन बैठकको समय सारिएको संसद सचिवालयले जनाएको छ ।

सचिवालयकाअनुसार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको हो ।

नेपाली कांग्रेसले सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै संसद बैठक अवरोध गर्दै आएको छ ।

सहमति जुटाउने प्रयासमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर बैठक सारेका हुन् ।



प्रतिक्रिया दिनुहोस !