१२ श्रावण २०८१, शनिबार

सत्तामा बस्नेहरूले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैनः प्रदीप पौडेल

प्रकाशित मिति :  16 May, 2024 2:57 pm


काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सत्तामा बस्नेहरुले प्रश्न गर्न नमिल्ने बताएका छन् ।

बिहीवार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् । उनले काँग्रेस प्रमुख प्रतिपक्ष रहेको र काँग्रेसको अहिलेको काम प्रश्न गर्ने भएको भन्दै सरकारमा बस्नेहरूले काँग्रेसमाथि प्रश्न गर्न नमिल्ने बताए । उनले सत्तामा उत्तर दिनका लागि बस्नुपर्ने बताउँदै काँग्रेसले भइरहेका अनियमितताका बिरुद्धमा आवाज उठाइरहेको पनि बताए ।

उनले अनियमितताबिरुद्ध आवाज उठाउँदा काँग्रेसमाथि प्रश्न गरिरहेको आरोप लगाए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अदालतले गरेको निर्णयका बिरुद्धमा आफू अदालत भन्दा पनि माथि रहेको झैँ आलोचना गरिरहेको आरोप लगाए ।

सांसद पौडेलले नेपाली काँग्रेसले बेथितिलाई अन्त्य गर्ने मुख्य विषय बनाएर जानुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !