१२ श्रावण २०८१, शनिबार

राष्ट्रिय सभामा काँग्रेसको बिरोध कायमै, शुक्रवारसम्मका लागि बैठक स्थगित

प्रकाशित मिति :  16 May, 2024 5:01 pm


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बिरोध गरेपछि बिहीवारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

बैठक शुक्रवार १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो । बैठक सुरू भएपछि सभाको कारबाही प्रस्तुत गर्ने क्रममा नेपाली काँग्रेसका सांसदहरूले उठेर बिरोध जनाएका थिए । काँग्रेसले बिरोध जनाएसँगै राष्ट्रिय सभा अध्यक्षले संसद बैठक शुक्रवार सम्मका लागि स्थगित गरेका छन्।

सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको ७ वर्षको इतिहासमा नयाँनयाँ पन देखिन थालेको महशुस भएको बताए । उनले राष्ट्रिय सभामा बिरोध गर्नेकुराले सबैलाई अफ्ठ्यारो भएको र बाहिर नयाँ किसिमको परिचर्चा सुरू भएको बताए ।

अध्यक्ष दाहालले नेपाली काँग्रेसलाई सभा सहज रुपमा अघि बढाउनका लागि भुमिका खेल्न पनि आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !