१२ श्रावण २०८१, शनिबार

रविले भने: एकपटक बोल्न पाउनुपर्छ भन्दा घिनलाग्दो मिडिया ट्रायल भयो

प्रकाशित मिति :  16 May, 2024 5:45 pm


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले एकपटक संसद्मा बोल्न पाउनुपर्छ भन्दा मिडियामा घिनलाग्दो ट्रायल भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले एकपटक सदनमा बोल्न पाउनुपर्ने माग मात्रै आफूले राखिरहेको पनि बताएका छन् ।

रविले लेखेका छन्, “एकपटक बोल्न पाउनुपर्‍यो । त्यत्ति हो मागेको । यति घिनलाग्दो मिडिया ट्रायल ?”

गत फागुन २३ गते गृहमन्त्री भएका रविमाथि कांग्रेसले संसद्‌मा बोल्न अवरोध गर्दै आएको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै कांग्रेसले संसद्‌ अवरोध गर्दै आएकाे हाे ।



प्रतिक्रिया दिनुहोस !