२१ मंसिर २०८२, आइतबार

कानून व्यवसायीको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा

प्रकाशित मिति :  17 May, 2024 8:18 am


काठमाडाैँ । १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा हुने भएको छ ।

हिजाे (बिहीवार) नेपाल बार एशोसिएशनले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सम्मेलन ६ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा सञ्चालन गर्ने बताए ।

सम्मेलनमा तय गरिएका विविध विषयहरूमा कानून व्यवसायीहरुले आफ्नो कार्यपत्र प्रशतुत गरी सो उपर छलफल हुुने र कानूनको अध्ययन तथा अनुसन्धानमा स्थापित निकायहरूको तर्फबाट समेत सम्मेलनमा कार्यपत्र प्रस्तुत हुने जानकारी दिए। उनले न्यायलयमा व्याप्त विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका लागि कार्की प्रतिवेदनको कार्यान्वयन गर्दै न्यायिक सुशासन र नागरिकको न्यायिक अधिकार सुनिश्चित गर्न आवश्यक रहेको पनि बताए।

नेपाल बार एशोसिएशनको २०८० मंसिर २४ र २५ गते चितवनमा सम्पन्न केन्द्रिय कार्यकारिणी परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीशहरूको पदावधिको सम्बन्धमा एक अध्ययन समिति गठन गरी सो सम्बन्धी निर्णय लिनका लागि सम्मेलनमा प्रश्ताव पेश गर्नेसमेत बताए ।



प्रतिक्रिया दिनुहोस !