सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक
प्रकाशित मिति : 17 May, 2024 11:50 am
काठमाडौं । सरकारले संसद्मा पेस राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको छ।
संशोधन विधेयक फिर्ताका लागि संसद् सचिवालयमा पत्र आइसकेकेको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए ।
सरकारले चाहे जुनसुकै बेला पनि विधेयक फिर्ता लिन सक्ने कानुनी व्यवस्था छ।
सरकारले दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०र४० प्रतिशत सदस्य चाहिने पूर्ववत् व्यवस्था लागू हुने गरी विधेयक अगाडि बढाएको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा तत्कालीन राजपा र संघीय समाजवादी पार्टी फुटाउने उद्देश्यसहित राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था संशोधन गर्न अध्यादेश ल्याएका थिए ।








