२० मंसिर २०८२, शनिबार

लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार होः राष्ट्रपति

प्रकाशित मिति :  17 May, 2024 1:23 pm


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारणको उपाय र उपचार भएको बताएका छन् ।

काठमाडौँमा शुक्रवारबाट सुरू भएको १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले विधिसम्मत न्याय प्रणालीबाट नै देशमा सुशासन र अमन चयन कायम हुने कुरालाई बिर्सिन नहुने बताए ।

उनले सच्चा न्यायका लागि स्वतन्त्रताको आवश्यक हुने र सुरक्षाको ख्याल नेपाल बारले पनि राख्नुपर्ने बताए । उनले लोकतान्त्रिक प्रणाली भित्र नै न्यायपालिका सक्षम हुने पनि बताए ।

राष्ट्रपति पौडेलले बार र बेन्च बीचमा बेला बेलामा छलफल र अन्तरक्रिया हुने गरे सही प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गरे । उनले न्याय आफैँ हुने वा प्रकट भइहाल्ने कुनै चिज वा वस्तु नभइ यो गरिने विषय भएको पनि बताए ।

उनले न्याय दिने, दिलाउने पुनित कार्य न्यायका सिद्धान्त र परिभाषामा खोज्नु भन्दा कर्ताको कर्ममै प्रतिविम्वित हुनुपर्ने बताए । उनले न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाइ चुस्त बनाउन जरुरी रहेको पनि बताए ।

राष्ट्रपति पौडेलले विधिको पूर्ण पालनाबाट न्यायपूर्ण ऋतिस्थिति बसाल्न कानून व्यवसायीहरुको अग्रणी भुमिका हुने बताए ।



प्रतिक्रिया दिनुहोस !