२१ मंसिर २०८२, आइतबार

काँग्रेसलाई रास्वपा सांसद झाको आग्रहः माग के हो लेटरहेडमा लिखित रूपमा ल्याउनुस्

प्रकाशित मिति :  17 May, 2024 5:30 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आफ्नो माग लिखित रुपमा लिएर वार्ता गर्न आउन आग्रह गरेका छन् ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद झाले संसदीय छानविन समिति गठनको सन्दर्भमा कांग्रेसको पदाधिकारीहरुपिच्छेको धारणा आएको बताएका छन् ।

उनले काँग्रेसका नेताहरुसँग छलफलका लागि बस्दा नेतापिच्छेको फरक–फरक धारणा आउने गरेको भन्दै नेताहरूको मौखिक अभिव्यक्तिलाई विश्वास गर्न गाह्रो भएको बताए ।

उनले रास्वपासँग केही माग भएमा लिखित रुपमा लेटरहेडमा लिएर आउन आग्रह गरे । सांसद झाले गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको ३ वटा सहकारीको मात्रै छानविन नगरी सरकारले संकटग्रस्त भनेर घोषणा गरेको १६ वटा सहकारीको छानविन गर्नेगरी समिति बनाउनुपर्ने बताए ।

सांसद झाले गृहमन्त्री रवि लामिछानेले राजनीतिज्ञको रूपमा कुनै अपचलन नगरेको भन्दै विगतका केही व्यवहारिक कुरालाई जोडेर अभियोग लगाइएको बताए । उनले अभियोग लागेकाहरु सबैमाथि छानविन बनाउन तयार हुने हो रु भनि काँग्रेसलाई चुनौति समेत दिए ।



प्रतिक्रिया दिनुहोस !