वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरूको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह
काठमाडाैँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरूको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन् ।
शनिवार काठमाडौँमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको १२ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।
उनले नेपालमा वैदेशिक रोजगारी महत्वपूर्ण रहेको बताए । उनले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमीकहरूले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमीकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गरे ।
उनले वैदेशिक रोजगारीमा गएका नेपालीबाट देशमा आउने रेमिट्यान्ससँगै श्रमीकहरूको समस्या समाधानमा आवश्यक भुमिका खेल्नुपर्ने बताए ।
सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनलाई दुःख पाएका नेपालीहरूले समस्या समाधान गर्ने काममा लाग्न पनि निर्देशन दिए ।








