२० मंसिर २०८२, शनिबार

राष्ट्रिसभाको बैठक पनि सवा तीन बजेका लागि सारियो

प्रकाशित मिति :  19 May, 2024 1:42 pm


काठमाडौं । राष्ट्रियसभाको बैठक समय सरेको छ । आइतबार बिहान बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार दिउँसो सवा एक बजेका लागि तय भएको सबा तीन बजे सार्ने निर्णय गरेको हो ।

यसअघि प्रतिनिधिसभाको ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि सारिएको छ । सहकारीको रकम हिनामिनाबारे संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमत भए पनि त्यसको कार्यादेशमा सहमति जुट्न ढिलाइ हुँदा दुवै सदनको बैठक प्रभावित भएको छ ।

कासंसदीय समितिको कार्यादेश टुंग्याउन कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, नेपाली कांग्रेसका सांसद जीवन परियार, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेको कार्यदलको बैठक बसिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !