संसदीय समितिको कार्यादेश निर्माण, अन्तिम सहमति बाँकी
प्रकाशित मिति : 19 May, 2024 2:12 pm
काठमाडौं । सहकारी प्रकरण छानबिनका लागि गठन हुने संसदीय समितिको कार्यादेश तयार भएको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदल गृहमन्त्री रवि लामिछानेको नाम नराखी कार्यादेश तयार भएपनि अन्तिम सहमति बाँकी रहेको स्रोतले जनाएको छ ।
स्रोतका संसदीय छानबिन समितिको कार्यादेशमा सहमति नजिक पुगिएको तर अन्तिम निष्कर्षमा पुग्न सकेको छैन ।
कार्यदेश तयार भएपनि अझै टुंगिएको छैन, कांग्रेसले केही समय मागेकाले संसद बैठक तिर जाने गरि बैठक आजको बैठक सकिएको एमालेका प्रवक्ता महेश बर्तौलाले बताए ।
कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम नराख्ने तर उनी जोडिएको भनिएका सहकारीको नाम राख्ने गरी सहमति भए पनि कांग्रेस नेताहरू आन्तरिक छलफलका लागि बाहिरिएपछि अन्तिम सहमति बाँकी रहेको बर्तौलाको भनाइ छ ।