२० मंसिर २०८२, शनिबार

४८ ग्राम खैराे हिरोइनसहित एक जना पक्राउ

प्रकाशित मिति :  19 May, 2024 2:57 pm


काठमाण्डौं । लागुऔषध खैरो हिरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कोहलपुर नगरपालिका– १२ को ३२ वर्षीय सचिन राना रहेका ४८ ग्राम खैरो हिरोइनसहित पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

हिजो जेठ ५ गते काठमाडौं चन्द्रागिरी नगरपालिका २ नागढुंगास्थित चेक प्वाइन्टमा महेन्द्रनगरदेखि काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ४०५६ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगासहितको टोलीले चेकजाँच गर्ने क्रममा निज बसेको बसको १ ९११० नम्बरको सिट पक्राउ गरेको हो ।

निज सचिन रानाले लगाएको सेतो रङको पाइन्टको बायाँ खल्तीभित्र सेतो रङको प्लास्टिकमा लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला पारी प्लाष्टिक हटाएर मान्यताप्राप्त तराजुमा तौल गर्दा ४८ ग्राम रहेको र उक्त लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित निज सचिन रानालाई नियन्त्रणमा लिइ प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धानको कार्य भइरहेको काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले बताए ।

त्यस्तै प्रहरीले जेठ ४ गते काठमाडौं महानगरपालिका २२ स्थित मुकुन्द श्रेष्ठको घर गोदाममा डेल कम्पनीको लोगो साधा मनिटरमा लेबलिङ गरी बेचबिखन भइरहेको विशेष सूचनाका आधारमा दुई जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरुलाई पनि सार्वजनिक गरिएको हो । बर्मा देश भइ कामनपा २२ बस्ने वर्ष २२ को तुषार अग्रवाल र उमेश मुडभरीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले तुषार अग्रवालबाट कम्पनीको लोगोसहित मनिटर १० कार्टुनको पाँचका दरले ५० थान, लोगो बिनाको ३७ कार्टुनको ५ का दरले १८५ गरी २३५ थान बरामद गरिएको प्रहरी प्रमुख रजौरेले बताए ।



प्रतिक्रिया दिनुहोस !