२० मंसिर २०८२, शनिबार

नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु

प्रकाशित मिति :  20 May, 2024 10:51 am


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । सोमबार संसद भवनमा सुरु भएको बैठकमा आज बस्ने प्रतिनिधि सभाको बैठकमा गर्ने कार्यको विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

सहकारी प्रकरणका विषयमा संसदीय छानबिन समिति बनाउने विषयमा गठित कार्यदलमा सहमति हुन सकेको छैन ।

संसदीय छानबिनमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडान कांग्रेसले लिएपछि कार्यादेश निर्माणमा अन्तिम सहमति जुटेको छैन ।

आइतबारको संसद बैठकमा गृहमन्त्री लामिछानेले आफ्ना कुरा राखेपछि कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समिति गठन नगरिए सदन नचल्ने घोषणा गरेका थिए ।
त्यस्तै आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत लिने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस !