२१ मंसिर २०८२, आइतबार
संसद् बैठक

प्रतिनिधिसभामा नेपाली कांग्रेसको अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

प्रकाशित मिति :  20 May, 2024 11:37 am


काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आजको बैठक सुरू हुनेवित्तिकै नेपाली कांग्रेसका सांसदहरू आसनबाट उठेर अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

सभामुखले कांग्रेस सांसदहरूलाई बस्न गरेको आग्रह नसुनेर उनीहरू बेल घेर्न पुगेर नाराबाजी गरेका छन् ।

कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेपछि सभामुख घिमिरेले आज प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकाले विषयसूची अनुसार छलफल र मतदानमा लैजाने वातावरण मनाउन अनुरोध गरे पनि उनीहरुले आसन ग्रहण गरेनन् ।



प्रतिक्रिया दिनुहोस !