२० मंसिर २०८२, शनिबार
पत्रकार सम्मेलन

प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ: जंगलबाट राजनीतिमा ल्याएको बिर्सिनु भयो

प्रकाशित मिति :  20 May, 2024 4:02 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले काँग्रेसमाथि धम्की दिएर तर्साउने नखोज्न चेतावनी दिएको छ ।

सोमवार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछिको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा विश्वासको मत लिने क्रममा काँग्रेसलाई धेरै सहयोग गरेको उल्लेख गरेको भन्दै काँग्रेसले पनि नेकपा (माओवादी केन्द्र) लाई पनि उत्तिकै सहयोग गरेको बताए । उनले काँग्रेसलाई माओवादीले भोटको राजनीति शुरु गरेपछि मात्रै सहयोग गरेको भएपनि काँग्रेसले जंगलमा हुँदादेखि माओवादीलाई सहयोग गरेको बताए ।

“सम्माननीय प्रधानमन्त्रीजीले मैले नेपाली काँग्रेसलाई धेरै सहयोग गरेको छु । आज नेपाली काँगे्रसले जे ग¥यो, त्यसका लागि इतिहासमा भोलिका दिनमा मूल्य चुकाउनुपर्ला भन्नुभयो । मैले सम्मानित आदरणाीय नेता, मैले धेरै आदार पनि गर्छु, उहाँलाई विनम्रताका साथ आग्रह गर्दछु । तपाईंले त हामीलाई भोटको राजनीतिमा आइसकेपछि सहयोग गर्नुभएको हो, हामीले पनि गरेका हौँ । तपाईंलाई त जंगलबाट यहाँ राजनीतिमा ल्याउने काँग्रेस हो । बिर्सिनु भयो,” उनले भने ।

उनले संसदमा आज भएका गतिविधि शोभनीय नरहेको काँग्रेसको ठहर रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !