२० मंसिर २०८२, शनिबार

पूर्वराजा शाहद्धारा पाटन दरबारको भ्रमण

प्रकाशित मिति :  20 May, 2024 6:51 pm


काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाहले ललितपुरस्थित पाटन दरबारको भ्रमण गरेका छन् ।

पूर्वराजा शाहले सोमवार अपरान्ह पाटन दरबारको भ्रमण गरेका हुन् । भ्रमणको क्रममा उनलाई सयौँ समर्थक तथा शुभचिन्तकहरूले बाजागाजासहित स्वागत गरेका थिए ।

नेपालको राष्ट्रिय झन्डा लिएर उपस्थित भएका समर्थक तथा शुभचिन्तकहरूले पूर्वराजा शाहको जयजयकार समेत गरेका थिए । भ्रमणका क्रममा उनले पाटन दरबार क्षेत्रमा रहेका विभिन्न देवी देवताको पुजाआजा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !