२० मंसिर २०८२, शनिबार

संसदमा विकसित घटनाक्रमहरू सुखद छैनन्: अध्यक्ष नेपाल

प्रकाशित मिति :  21 May, 2024 12:51 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसदमा विकसित भइरहेका घटनाक्रमहरू सुखद नरहेको बताएका छन् ।

आज धनुषामा समाजवादी प्रेस सङ्गठन नेपालको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ता घटक सदस्यहरूमा विश्वास, सहयोग र समझदारी बनाएर अघि बढ्ने आफूहरूको काम हुने बताए ।

उनले संसद्को गतिरोध हटाउने कुरामा वार्ता र संवादको माध्यमबाट अघि बढ्नुपर्ने बताए । उनले भने, “संसदमा जुन किसिमका घटनाहरू भइरहेका छन्, ती घटनाहरू वास्तवमा सुखद छैनन् । त्यसैले वार्ता र संवाद गर्ने कुरामा पनि समाधान खोज्नुपर्छ ।”

एक फरक सन्दर्भमा अध्यक्ष नेपालले कुनैपनि पार्टीहरू नफुटुन् भन्ने आफूहरूको चाहना रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !