कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
प्रकाशित मिति : 21 May, 2024 1:16 pm
काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले नागरिकता किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेका हो ।
नागरिकतासम्बन्धी मुद्दामा सिरोहियालाई पक्राउ गर्न चित्रबहादुर गुरुङको २ नम्बर इजलासले आज अनुमति दिएको जिल्ला अदालत धनुषका सूचना अधिकारी डम्बर प्रसाद घिमिरेले बताए ।
सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको जाहेरी दर्ता गराएका थिए ।
१६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो ।








