२१ मंसिर २०८२, आइतबार
राष्ट्रिय सभा

राष्ट्रियसभामा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

प्रकाशित मिति :  21 May, 2024 2:25 pm


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधकाबिच राष्ट्रिय सभाबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेकाे सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेकाे सम्बोधनको प्रति प्रतिनिधि सभा बैठकमा पेश गरेका थिए ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री दाहालले प्रतिपक्ष दलहरूको बिरोधका बिच संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेकाे सम्बोधनमा धन्यवाद प्रस्ताव पारित भएको हो ।

सो क्रममा काँग्रेस सांसदहरूले संसदमा वेल घेराउ गर्दै नाराबाजी गरिरहेका थिए । काँग्रेसको बिरोधका बिच राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले धन्यवादको प्रस्तावमा सभाले सहमति जनाएको व्यहोरा सभासमक्ष जानकारी गराए ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गरे । राष्ट्रिय सभाको अर्को बैठक जेठ ११ गते शुक्रवार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस !