३ असार २०८१, आइतबार

सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिदैँ

प्रकाशित मिति :  22 May, 2024 11:42 am


काठमाडाैँ । सरकारले सात प्रदेशमा जेठ १७ गतेदेखि ३० गतेसम्म श्रमाधान रोजगार मेला आयोजना गर्ने भएको छ ।

मंगलवार सिंहदरबारस्थित श्रम मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने जानकारी दिएको हो । सरकारले सात प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्य मेला आयोजना गर्न लागेको बताएको छ ।

सरकारले जेठ १७ र १८ कोशी प्रदेश,१९–२० मधेस प्रदेश,२१–२२ गण्डकी प्रदेशको पोखरा,२३–२४ लुम्बीनी,२५–२६ कर्णाली प्रदेशको सुर्खेत,२७–२८ सुदुरपश्चिम प्रदेशको धनगडी र २९–३० बागमती प्रदेशको ललितपुरमा श्रमाधान मेला आयोजना गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर मेलाको विषयमा जानकारी दिन सकिने बताए ।

उनले मंगलवारदेखि नै दर्ता खुला भएकाले रोजगारदाता कम्पनीहरू र रोजगारीको खाजीमा रहेका नेपालीहरुले जाडिन सकिने बताए । उनले सरकारको रोजगार बैंकमा रोजगारदाताले खोजेको श्रमिक र रोजगार पाउने अवस्था रहेको बताए ।

उनले ‘श्रमाधान रोजगार मेला’मा सातै प्रदेशका प्रदेश सरकार र स्थानीय सरकारको सहयोगको अपेक्षा रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !