सहकारी ठगीविरुद्ध कांग्रेसद्धारा आन्दोलनका कार्यक्रम तय
प्रकाशित मिति : 22 May, 2024 2:42 pm
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ ।
आज (बुधबार) पार्टी कार्यालय सानेपामा बसिरहेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा कांग्रेसले आन्दोलनमा जानेगरी कार्यक्रम प्रस्ताव गरेको छ । सो अनुसार शुक्रबार राजधानीको भृकुटीमण्डपमा कांग्रेसले बृहत् विरोध प्रदर्शन गर्नेछ ।
त्यसपछि ठगी भएका ठुला सहकारी रहेका पोखरा, बुटवलमा आन्दोलन गर्ने कांग्रेसले जनाएको छ ।
सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै सदनमा अवरोध गर्दै आएको छ।








