३ असार २०८१, आइतबार

सबै पालिकाहरूले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न आवश्यकः श्रममन्त्री अर्याल

प्रकाशित मिति :  22 May, 2024 5:26 pm


काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलाको अवलोकन गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले गत वैशाख १९ गते बुधवारदेखि टुँडिखेल जारी रहेको सीप मेलाको बुधवार श्रममन्त्री अर्यालले अवलोकन गरेका हुन् । उनले सीप मेलाको अवलोकनपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री अर्यालले ७५३ स्थानीय तहहरूले आवश्यकता अनुसारका मेलाहरू आयोजना गर्नुपर्ने बताए ।

उनले ७५३ स्थानीय तहहरूले स्थानीय स्तरमा रोजगारी सिर्जना गरी रोजगारीको वातारण बनाउँदै विदेश जाने लहरलाई रोक्ने प्रयास गर्न आवश्यक रहेको बताए ।

मन्त्री अर्यालले मेयर बोलेन्द्र साहको चर्चा सीप मेलाले गर्दा मात्रै नभएको भन्दै निर्वाचन जितेर आएसँगै चर्चा भइरहेको बताए । उनले महानगरले नयाँ कामहरू गर्न खोजिरहेको र सबै स्थानीय तहले स्वदेशमा रोजगारी सिर्जना गर्ने विभिन्न कार्यक्रमहरू आयोजना गर्नुपर्ने बताए ।

महानगरले २०८१ सालमा २ हजार ८१ जनालाई रोजगारी दिने उद्देश्यले सीप मेला गरिरहेको छ । मेलाको उद्देश्य शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने गरी सीप नहुनेलाई सीपयुक्त बनाउने योजना रहेको छ ।



प्रतिक्रिया दिनुहोस !