३ असार २०८१, आइतबार

नागरिकले महशुस गर्नेगरी सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

प्रकाशित मिति :  22 May, 2024 6:21 pm


काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले नागरिकले महशुस गर्नेगरी सरकारी सेवा प्रवाह गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् ।

बुधवार मकवानपुरको हेटौँडामा बसेको वागमती प्रदेशको सुरक्षा समितिको बैठकमा सहभागी हुँदै गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेको भनाइ उद्धृत गर्दै गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले सरकारी सेवा प्रवाह नतिजामुखी र नागरिकले महशुस गर्नेगरी व्यवस्थापन गर्न निर्देशन दिएकाे बताए । उनले गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा र अपराध नियन्त्रणको कामहरुमा बढी जोड दिन पनि निर्देशन गरेकाे बताए ।

उनले उपप्रधानमन्त्री लामछिानेले विकास निर्माणका काममा आवश्यक समन्वय र सहजीकरण गर्ने, सेवा प्रवाहमा आवश्यक समन्वय, सहजीकरण र नियमन गर्ने, सुशासन सम्बन्धमा सहयोग गर्ने, नागरिकको गुनासा सुन्ने र त्यसलाई सम्बोधन गर्नेमा बढी जोड दिन आग्रह गरेकाे पनि बताए ।



प्रतिक्रिया दिनुहोस !