३ असार २०८१, आइतबार

‘वुमन अफ द वर्ल्ड, फेस्टिभल – २०२४’ मा माग लिन उपप्रमुख वेलायत प्रस्थान

प्रकाशित मिति :  22 May, 2024 6:39 pm


काठमाडौँ । व्रिटिस काउन्सिलको निमन्त्रणामा वुमन अफ द वर्ल्ड, फेस्टिभलमा सहभागी हुन काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल आज वेलायत प्रस्थान गरेकी छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, प्रशासन विभागका प्रमुख दीपक अधिकारी, सचिवालय प्रमुख सौरभ गौत्तमले उनलाई बिदाइ गरेका हुन् ।

कार्यक्रम सहभागिताको सन्दर्भमा प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले, विश्व परिवेशमा लैङ्गिक समानता र समावेशीकरणको अवस्था बुझ्न र नेपालको अवस्थासँग विश्लेषण गर्न सघाउ पुग्ने अपेक्षा गरेकाे बताइन् ।

महोत्सव मेनचेष्टर सहरको अभोभा स्टुडियोमा जेठ ११, १२ र १३ गते हुनेछ । भ्रमणको अवधि १० दिनको हुनेछ । फेस्टिभलमा उपप्रमुख डंगोलले अभियानका संस्थापक जुड केली सीबीइसँग छलफल गर्ने महानगरले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !