२ असार २०८१, शनिबार

सहकारी ठगी प्रकरणमा लामिछानेलाई कारबाही गर्न कांग्रेसको माग

प्रकाशित मिति :  22 May, 2024 6:45 pm


काठमाडौँ । सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न नेपाली कांग्रेस केन्द्रीय सहकारी विभागले माग गरेको छ।

विभागका प्रमुख देवेन्द्रराज कँडेलले आज (बुधबार) एक विज्ञप्तिमा जारी गर्दै गृहमन्त्री लामिछानेलाई कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

सहकारी संस्थाबाट सदस्यहरूले मात्रै ऋण लगानी पाउने कानुनी व्यवस्था भएकोले कानुन विपरीत सर्वसाधारणले जम्मा गरेको रकम अपचलन भएकोले उक्त रकम तत्काल फिर्ता गर्न, सहकारीको वचत अपचलन गर्ने सहकारीका सञ्चालक, कार्यकारी प्रमुख साथै गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक एवं कार्यकारी प्रमुखलाई कानुन बमोजिम तत्काल कारबाही गरी सहकारी ऐनको दफा १२४ बमोजिम दण्ड, जरिवाना, सजाय हुनुपर्ने उक्त विज्ञप्तिमा उल्लेख छ।

बुटवलको सुप्रिम, पोखराको सुर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ९५ करोड ८१ लाख रुपैयाँ गैरकानुनी रूपमा लगानी भएको भन्दै उक्त प्रालिका तत्कालीन सञ्चालक तथा प्रबन्ध निर्देशक लामिछानेमाथि कारबाही गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ ।

सहकारीको रकम गैरकानुनी रूपमा निजी कम्पनीमा अपचलन गर्ने अराजक गतिविधिले सहकारी क्षेत्रलाई बदनाम गराएको विज्ञतिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !