१२ श्रावण २०८१, शनिबार

कोशी र मधेश प्रदेशमा बिहानैदेखि वर्षा, यस्तो रहनेछ बिहीबार मौसम

प्रकाशित मिति :  23 May, 2024 7:10 am


काठमाडौँ। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

बिहीबार बिहानपख देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान विवरणका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस !